sevenstartv.com ४ असोज २०८३, आइतवार

पूर्व अध्यक्ष गणेश थापाद्वारा अखिल नेपाल फुटबल संघका महासचिव किरण राईविरुद्ध मुद्दा

आफ्नो बारेमा अनर्गल प्रचार गरेर चरित्र हत्याको प्रयास गरेको जिकिर

२७ फागुन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । पूर्व अध्यक्ष गणेश थापाले अखिल नेपाल फुटबल संघका महासचिव किरण राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मंगलबार गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । 

यसअघि थापाले साइबर ब्यूरोमा महासचिव राईविरुद्ध उजुरी दिनुभएको थियो । राईले आफ्ना विषयमा बोलेको विषयलाई लिएर उजुरी गरेको थापाको भनाइ छ । 

थापाले मंगलबार एक विज्ञप्ति जारी गर्दै राईले आफूमाथि झुठा र तथ्यहीन आरोप लगाएको भन्दै कानुनी कारबाहीको प्रक्रिया अपनाउने क्रममा जिल्ला अदालतमा पनि मुद्दा दायर गरेको बताए । 

महासचिव किरण राईले थापामाथि एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको आरोप लगाए । उनले सम्पत्ति शुद्धीकरणको छानबिनपछि थापाले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको दाबीसमेत गरेका थिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्