sevenstartv.com १९ साउन २०८३, मङ्गलवार

सरकारद्वारा मन्त्रिपरिषद्‌का १८ निर्णय सार्वजनिक

१६ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । सरकारले भदौ १३ गते बसेको मन्त्रिपरिषद्‌का १८ निर्णय सार्वजनिक गरेको छ ।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले चार दिनपछि मन्त्रिपरिषद्‌को पछिल्लो बैठकका निर्णय सार्वजनिक गरेको हो । सोही बैठकले नेपालको २८औं मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको थियो ।

बैठकले यूरोपेली सङ्घबाट २३ मिलियन र युनिसेफबाट २ मिलियन गरी २५ मिलियन युरो बराबर अनुदान सहायता स्वीकृत गरेको छ । यसैगरी जर्मनीले दिने १० मिलियन यूरो अनुदान सहायता पनि स्वीकार गरेको छ ।

भदौ २४ गते थाइल्याण्ड जान लागेका कानून न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाको भ्रमण स्वीकृतदेखि काठमाडौं तराई मधेश द्रूतमार्ग आयोजनाको लागि अधिग्रहण गर्न बाँकी जग्गा मुआब्जामा लाग्ने पूँजीगत लाभकर छुट दिने निर्णय पनि मन्त्रिपरिषद्‌ बैठकले गरेको हो । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्