sevenstartv.com १० साउन २०८३, आइतवार

बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता

मानव सहायता कल्याण कोष स्थापना, सुरुमा सुकुमवासीलाई सहयोग गर्ने

६ साउन २०८३, बुधवार स्टार संवाददाता

काठमाडौँ।नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले आज आयोजना गरेको ग्रीन रन प्रतियोगितामा पुरुष धावकतर्फ विजयीहरूलाई नगद पुरस्कार प्रदान गरिएको छ।

ललितपुरको युएन पार्कबाट सुरु भएको ग्रीन रन प्रतियोगितामा सहभागीमध्ये विजयी ६ जनालाई कांग्रेस सभापति गगनकुमार थापाले नगद पुरस्कार प्रदान गर्नुभएको हो।

प्रतियोगिताका लागि तय गरिएको पाँच किलोमिटरको धावन मार्ग १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा कुरा गरी मुकेश बहादुर पाल प्रथम हुनुभएको छ। उहाँलाई सभापति थापाले ५० हजार नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

त्यसैगरी दोस्रो हुनुभएका नरेन्द्र सिंह रावललाई २५ हजार रूपैयाँ प्रदान गरिएको छ भने तेस्रो भएका सञ्जय श्रेष्ठलाई २० हजार प्रदान गरिएको छ। प्रतियोगितामा चौथो हुनुभएका गणेश सिंहलाई १२ हजार, पाँचौ हुनुभएका अमृत ठकुरीलाई १० हजार र छैठौ हुनुभएका नागेश्वर अहिरलाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।

प्रतियोगितामा सहभागिताका लागि झण्डै १४ सय जनाले नाम दर्ता गराएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

प्रतियोगितामा सहभागी महिला प्रतियोगीहरूले धावन मार्ग छोडेर दौडेकाले उहाँहरुलाई फेरि प्रतिस्पर्धा गराइने भएको छ ।

ग्रीन रन प्रतियोगितामा सभापति थापासमेत प्रतियोगी हुनुभएको थियो भने अन्य सयौँले अप्रतियोगीको रुपमा सहभागिता जनाएका थिए।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्