sevenstartv.com १० साउन २०८३, आइतवार

‘गाडीमा ब्रेक नहुनेले सरकार र दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने’नेपाली कांग्रेसका सभापति गगन थापा

व्यङ्ग्यात्मक टिप्पणी

६ साउन २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीमा समानता रहेको भन्दै  टिप्पणी गर्नुभएको छ ।

ललितपुरमा बुधबार वीपी कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित जलवायु जनचेतना दौड मकार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । जलवायु परिवर्तनबारे सचेतना जगाउन आयोजित पाँच किलोमिटरको दौड विना कुनै विश्राम पूरा गरेपछि सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिको प्रसङ्ग जोड्नुभएको थियो।

यसअघि चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनका क्रममा प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले वर्तमान सरकारको गाडीमा ‘ब्रेक’ नरहेको र यो गन्तव्यमा पुगेपछि मात्र रोकिने अभिव्यक्ति दिनुभएको थियो । सभापति थापाले सोही अभिव्यक्तिलाई लक्षित गर्दै प्रतिपक्षको सक्रियतालाई पनि ‘ब्रेक’ विनाको दौडसँग तुलना गर्नुभएको हो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्