गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : प्रचण्ड
प्रतिक्रान्तिविरुद्ध नयाँ अभियान चलाउन संकल्पको रूपमा लिनुपर्नेमा जाेड
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापना भएपछि मुलुकले हासिल गरेका उपलब्धिमाथि योजनाबद्ध रूपमा नकारात्मक प्रचार भइरहेको बताएका छन् ।
उनले भने, ‘नेपालमा गणतन्त्र भएपछि विकसित भएका थुपै सकारात्मक कुराहरू माथि अत्यन्तै नकारात्मक ढङ्गले झुटप्रचारको प्रहार गरिएको छ । भौतिक पूर्वाधारको क्षेत्रमा भएको अभूतपूर्व विकासलाई अपमानित गरिएको छ । शिक्षामा र स्वास्थ्यमा भएका प्रगतिलाई अपमानित र अवमूल्यन गरिँदै छ ।’
उनले भने, ‘यस पटक पुष्पलालप्रति श्रदाअर्पन गर्नुको हाम्रो देशमा जुन प्रति क्रान्त्रको हावा चलिराखेको छ । जसले गनतन्त्राका उपलब्धिहरू माथि वा पुष्पलालको शिक्षा अनुसार भएको परिवर्तनमाथि हमला गरेको छ । यसको विरुद फेरी एउटा नयाँ अभियान सञ्चालन गर्ने सङ्कल्पको दिनको रूपमा रहेको छ ।’
उनले पुष्पलाल प्रतिष्ठानको भौतिक संरचनाको पुनर्निर्माणसँगै वैचारिक पुनर्जागरणलाई पनि प्राथमिकता दिनुपर्ने बताए ।सामन्तवाद, साम्राज्यवाद र निरंकुशताविरुद्ध संघर्ष गर्न सक्ने वैचारिक आधार निर्माणका लागि नेपालको इतिहास, वर्गीय संरचना र सामाजिक विकासक्रमबारे गहन अध्ययन–अनुसन्धान आवश्यक रहेको बताए ।


















