sevenstartv.com १५ साउन २०८३, शुक्रवार

सामाजिक सद्‌भाव बिथोल्ने नेता-कार्यकर्तालाई कारबाही गर्छौँ -कांग्रेस

आकस्मिक बैठक

१५ साउन २०८३, शुक्रवार स्टार संवाददाता

नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज घटना र त्यसपछिको तराई-मधेसको तनावपूर्ण परिस्थितिबारे छलफल गर्न आकस्मिक बैठक बसी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

कांग्रेसले कप्तानगञ्ज घटनामा सरकारको गैरजिम्मेवारीपन, असंवेदनशीलता र अत्यधिक बल प्रयोगको विरोध गर्दै निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति गठनको माग गरेको छ।

 

पार्टीले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई प्राथमिकता दिँदै हिंसा र उत्तेजना फैलाउने सदस्यमाथि विधानअनुसार कारबाही गर्ने स्पष्ट पारेको छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्