जनकपुरमा सरकार र हिन्दूवादी संगठनबीच १३ बुँदे सहमति
मधेशमा चर्किएको आन्दोलनपछि गृहमन्त्री सुधन गुरुङ नेतृत्वको सरकारी टोली र हिन्दू सम्राट सेनासहित संयुक्त हिन्दू मोर्चाबीच शनिबार राति १३ बुँदे सहमति भएको छ।
सहमतिमा नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने विषयमा तीन महिनाभित्र सर्वदलीय छलफल अघि बढाउने, धार्मिकस्थलमा हतियार प्रदर्शन र उत्तेजक गतिविधि नियन्त्रण गर्ने, धार्मिकस्थलमा बसोबास गर्ने व्यक्तिहरूको अभिलेखीकरण गर्ने, विदेशी नागरिक भए सम्बन्धित निकायमार्फत निगरानी र व्यवस्थापन गर्ने, धार्मिक संस्थामा ध्वनि विस्तारक उपकरणको प्रयोग व्यवस्थित गर्ने, सामाजिक सञ्जालमार्फत धार्मिक वा जातीय द्वेष फैलाउनेमाथि कानुनी कारबाही गर्ने तथा मदरसा, मस्जिद र अन्य धार्मिक संस्थामा आउने आर्थिक स्रोतको अनुगमन र पारदर्शिता सुनिश्चित गर्ने विषय समेटिएका छन्।
अब यी सहमतिका बुँदाहरू व्यवहारमा कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन् भन्ने विषयमा सबैको चासो केन्द्रित भएको छ।
















