sevenstartv.com १८ साउन २०८३, सोमवार

तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति महासचिव पोखरेलको प्रश्न

“आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने, अनि हिंसाको दोष चाहिँ अरूमाथि थोपर्ने यो जुक्ति गजबको छैन त?”

१८ साउन २०८३, सोमवार स्टार संवाददाता

काठमाडौं -नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र धनुषालगायत तराईका विभिन्न स्थानमा धार्मिक तनावसँग जोडिएका हिंसात्मक घटनापछि भएको आन्दोलन तथा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच भएको वार्ताप्रति प्रश्न उठाएका छन्।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै, “आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने, अनि हिंसाको दोष चाहिँ अरूमाथि थोपर्ने यो जुक्ति गजबको छैन त?” भन्दै प्रश्न गरेका हुन्।

सुनसरीबाट सुरु भएको धार्मिक तनाव सिराहा, धनुषालगायत तराईका अन्य जिल्लामा फैलिँदा तीन जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए। घटनापछि विभिन्न स्थानमा आन्दोलन, कर्फ्यु तथा वार्तामार्फत स्थिति सामान्य बनाउने प्रयास गरिएको थियो। सरकारले घटनाको छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको थियो भने विभिन्न राजनीतिक दल तथा सरोकारवालाले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आह्वान गरेका थिए।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्