sevenstartv.com २५ साउन २०८३, सोमवार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

२५ साउन २०८३, सोमवार स्टार संवाददाता

काठमाडौं-नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक सोमबार दिउँसाे १ बजे पुन: बस्ने भएको छ।

ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आइतबार शुरु भएको बैठकमा सबै विषय टुंगिन नसकेपछि सोमबारका लागि पुनः तय गरिएको हो। आइतबार बसेको बैठकमा पार्टीको १५औं महाधिवेशनको तयारी, सरकारका गतिविधि र प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थितिसम्मका विषयमा छलफल शुरु भएको थियो । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा उहाँले समसामयिक राजनीतिक विषय र प्रस्ताव केन्द्रित विषयवस्तुकाे बारेमा जानकारी गराउनुभएकाे थियाे। त्यसैगरी महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएकाे हाे।

बैठकमा १५औं महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक र वितरणका साथै महाधिवेशन तयारी समिति र विधान मस्यौदा समिति गठनलगायत विषयलाई छलफलका लागि अघि सारिएको छ। प्रचारप्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापनलगायत उपसमिति गठन र केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदन गर्ने विषय पनि बैठकका एजेन्डामा रहेका छन्।पछिल्लो समय तराई–मधेशमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषयमा समेत छलफल शुरु भएको हाे।

सरकारका १०० दिनपछिका गतिविधि तथा प्रमुख प्रतिपक्षी दलका रूपमा संसद् र संसद् बाहिर कांग्रेसको भूमिकाका विषयमा पनि छलफल हुने भएकाे छ। 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्