sevenstartv.com २८ साउन २०८३, बिहिवार

कांग्रेस बैठकमा गगनले भने– पूर्व सभापति देउवालाई स्वागत छ

२८ साउन २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौं-नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट पूर्व सभापति शेरबहादुर देउवालाई स्वागत गरेका छन् ।

सभापति थापाले पूर्व सभापति शेरबहादुर देउवालाई ‘स्वास्थ्य उपचारपछि नेपाल फर्कनु भएका पूर्व सभापतिलाई स्वदेशमा स्वागत छ’ भन्दै  केन्द्रीय समितिको बैठक सुरु गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी गराए ।

साढे पाँच महिनाको विदेश बसाइपछि बिहीबार देउवा नेपाल फर्किएका छन् । उनको स्वागतका लागि अन्तराष्ट्रिय विमानस्थलमा कांग्रेसका नेता कार्यकर्ता पुगेका थिए । चुनावअघि देउवा सिंगापुर गएका थिए ।

देउवा फर्केको एकदिन पछि संस्थापनइतरले तीन दिने राष्ट्रिय भेला बोलाएको छ । यही बेला संस्थापन पक्षको केन्द्रीय समिति बैठक बसिरहेको छ ।

पूर्व सभापति देउवा र पूर्व उपसभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको  पूर्व आदेशमा पुनरावलोकन गर्न दिएको निवेदनमा अदालतले निस्सा दिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्