sevenstartv.com १ भदौ २०८३, सोमवार

देउवाले भनेः ‘म हिन्दू हुँ, हिन्दू धर्म मान्न पाउने अधिकार हुनुपर्छ’

३१ साउन २०८३, आइतवार स्टार संवाददाता

काठमाडाैँ -कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्मावलम्बी भएको स्पष्ट पार्दै आफू कुनै पनि धर्म वा समुदायको विरोधमा नरहेको बताएका छन्।

कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले नेपाल बहुधार्मिक मुलुक भएकाले सबै धर्मप्रति सम्मानको भावना राख्नुपर्ने धारणा व्यक्त गरे।

उनले आफू हिन्दू भएको बताउन पाउने र हिन्दू धर्मप्रति विश्वास राख्न पाउने अधिकारसमेत आफूलाई रहेको उल्लेख गरे। ‘म हिन्दू हुँ । म कसैको विरोधी होइन,’ देउवाले भने, ‘नेपालमा मुस्लिम धर्म मान्नेहरू छन्, किराँतहरू छन् । म कसैको खिलाफमा छैन।’

आफ्नो धार्मिक आस्थाबारे कुनै भ्रम नराख्न आग्रह गर्दै देउवाले आफूले हिन्दू धर्म मान्छु भन्न पाउने र त्यसप्रति विश्वास राख्न पाउने स्पष्ट पारे।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्