sevenstartv.com २ असोज २०८३, शुक्रवार

भारतीय एम्बुलेन्समा ठूलो परिणाममा अवैध लागुऔषध बरामद

२३ चैत २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रहरीले भारतीय एम्बुलेन्समा ठूलो परिणाममा अवैध लागुऔषध ट्रामाडोल क्याप्सुल बरामद गरेको छ । 

शनिबार बिहान १ बजेर ५५ मिनेटको समयमा ललितपुर जिल्लाको कान्ती लोकपथ सडक खण्डमा रहेको प्रहरी चौकी भट्टे डाँडाको चेकपोष्टमा खटिएको प्रहरी टोलीले भारतीय एम्बुलेन्समा ठूलो परिणाममा अवैध लागुऔषध ट्रामाडोल क्याप्सुल बरामद गरेको प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए । 

पक्राउ पर्नेमा भारतीय नागरि समिर आलम, मोहम्मद मुन्ना अन्सारी, नोर्जान खातुन, मोहम्मद उमर सिद्धिकीलाई पक्राउ गरिएको बताउनु भयो । एम्बुलेन्सबाट बाहिर निस्किएर भाग्ने प्रयास गरेकाले उनलाई तत्काल नियन्त्रणमा लिइ एम्बुलेन्सको तलासी लिँदा लागुऔषध भेटिएको हो । 

एम्बुलेन्सको बिरामी राख्ने ठाउँमा कालोमा सेतो धर्का भएको र कालोमा हरियो धर्का भएको समेत गरी दुई वटा छुट्टा छुट्टै झोलामा निम्न परिणामको अवैध लागुऔषध ट्रामाडोल क्याप्सुल लुकाइ छिपाइ ल्याएको अवस्थामा फेला पारिएको बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्