काभा भलिबल च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश भिड्दै
काठमाडाैं। पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आइतबार दिउँसाे बंगलादेशकाे सामना गर्ने भएकाे छ।
आइतबार दिउँसो १ बजेदेखि नेपालले बंगलादेशकाे सामना गर्ने भएकाे हाे । चौथो खेल खेल्न लागेको नेपालको लक्ष्य पहिलो जित रहेको छ । यसअघि लगातार तीन खेलमा पराजित भएको नेपाललाई सेमिफाइनलको सम्भावना कायम राख्न आइतबारको खेल जित्नै पर्ने दबाब छ ।
नेपाल उद्घाटन खेलमा काजकस्तानसँग ३–२, दोस्रो खेलमा श्रीलङ्कासँग पनि ३–२ तथा तेस्रो खेलमा आयोजक पाकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । अब नेपालले बंगलादेशपछि अन्तिम लिग खेल उज्वेकिस्तानसँग खेल्ने भएकाे छ।
प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, काजकिस्तान, श्रीलंका, बङ्गलादेश र उज्वेकिस्तानसहित ६ टोली सहभागी रहेका हुन् । सबै टोलीले एक-अर्कासँग खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने भएका छन्।
नेपाली टोलीको कप्तानी हरिहजुर थापाले गरेका हुन् । मुख्य प्रशिक्षक जगदीश भट्ट रहेका छन् ।













