sevenstartv.com १२ साउन २०८३, मङ्गलवार

आकस्मिक रुपमा कांग्रेसको केन्द्रीय समिति बैठक

श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्ने

१२ साउन २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आकस्मिक रुपमा बोलाएको छ । कार्यवाहक. मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार भोलि बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको छ ।

उनले उक्त बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशनात्मक अनुरोध गरिएको जानकारी गराएका छन् । बैठकको मुख्य एजेण्डा पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्ने रहेको जनाइएको छ ।

कांग्रेसका सभापति गगन थापाले गत साता मात्र नेता श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता बनाउने घोषणा गरेका थिए । तर, सभापति थापाको प्रस्ताव कार्यान्वयन नहुँदै नेता श्रेष्ठको मङ्गलबार निधन भएको छ। सभापति थापाले केन्द्रीय समितिले अनुमोदन गर्ने गरी श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका थिए ।

सो घोषणा कार्यान्यनमा नआउदै उनी यस संसारबाट सधैका लागि विदा भएका छन् । कांग्रेस पार्टीका लागि लामो समय योगदान गरेका श्रेष्ठ कांग्रेसको कार्यवाहक सभापति र मन्त्री समेत बनेका थिए । ८३ वर्षीय श्रेष्ठको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टीले जनाएको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्