sevenstartv.com ३ असोज २०८३, शनिवार

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन : सहयोग जुट्ने क्रम बढ्दो

२० भदौ २०८३, शनिवार स्टार संवाददाता

काठमाडौँ । भोटेकोशीमा आएको बाढी र त्यसबाट प्रभावित भएका जनतालाई सहउोग गर्नका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दो क्रममा छ । नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल ११ अर्ब ५ करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जानकारी गराएको छ ।

सरकारले यसअघि उक्त कोषमा जम्मा भएको १ अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ । ९ वटा वाणिज्य बैंकमा ८ अर्ब ६ करोड २५ लाख १५ हजार ५१८ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप १ करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर जम्मा भएको कार्यालयले बताएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्