मान्छे मान्छेबाट डराउनुपर्ने अवस्था देशको हितमा छैन : राजेन्द्र महतो
शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीसँग भएको भेटवार्तापछि
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मुलुकमा बढ्दै गएको साम्प्रदायिक दङ्गा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग माग गरेका छन्।
महतोले सुनसरी र सिराहा लगायतका जिल्लामा भएका पछिल्ला घटनाप्रति चिन्ता व्यक्त गर्दै सुरक्षा निकायबाट कम्मरभन्दा माथि गोली प्रहार भएको घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरे।
उनले विगतका सहमतिहरू कार्यान्वयन नभएको स्मरण गराउँदै वर्तमान सरकारलाई विश्वासघात नगर्न चेतावनी दिएका छन्।













