स्वदेश फर्किए पूर्वप्रधानमन्त्री देउवा
विमानस्थलमा कार्यकर्ताको भीड
काठमाडौं - नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन् ।
देउवा बिहीबार दिउँसो करिब साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनी उपचारका लागि गत फागुनको दोस्रो साता बैंकक पुगेका थिए । त्यसपछि हङकङमा रहेका देउवा लामो समयपछि काठमाडौं फर्किएका हुन् ।
देउवा नेपाल फर्किएपछि उनलाई स्वागत गर्न कांग्रेसका संस्थापन इतर समूहका नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए । विमानस्थलमा भेला भएका कार्यकर्ताले देउवाको समर्थनमा नाराबाजीसमेत गरेका थिए ।
यसअघि गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा देउवा गम्भीर घाइते भएका थिए । त्यसपछि उनी पत्नी आरजु राणा देउवासँगै उपचारका लागि कात्तिक १० गते राति सिंगापुर गएका थिए ।















