दोलखाको यलुङ–री हिमपहिरोमा बेपत्ता पाँच आरोहीको शव नौ महिनापछि भेटियो
दोलखा- दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ–री हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच आरोहीको शव करिब नौ महिनापछि फेला परेको छ।
अन्य तीन शव विदेशी नागरिकका हुन्। तीमध्ये एक जना क्यानडेली, एक जना इटालियन र एक जना जर्मन नागरिक रहेको प्रहरीले जनाएको छ। दुई शवमध्ये केहीलाई सोमबार नै हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।
गत वर्ष यलुङ–री आरोहणका लागि गएको नेपाली तथा विदेशी नागरिकसहितको १५ सदस्यीय टोली हिमपहिरोमा परेको थियो। दुर्घटनापछि आठ जनाको सकुशल उद्धार गरिएको थियो भने दुई जनाको शव तत्कालै फेला परेको थियो। त्यतिबेला फेला परेका मृतकमध्ये एक जना फ्रान्सेली र एक जना इटालियन नागरिक थिए।
हिमपहिरोपछि बाँकी पाँच आरोही लामो समयदेखि बेपत्ता थिए। आरोहण व्यवस्थापनको जिम्मेवारी लिएको ड्रिम डेस्टिनेशनले विभिन्न समयमा खोजी अभियान सञ्चालन गर्दै आएको थियो। सोही क्रममा पछिल्लो खोजीका क्रममा पाँचै जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
नौ महिनापछि शव भेटिएसँगै यलुङ–री हिमपहिरोमा बेपत्ता सबै पाँच आरोहीको अवस्थाबारे स्पष्ट भएको छ।



















