sevenstartv.com ३१ साउन २०८३, आइतवार

सुनचाँदीकाे मूल्य बढ्याे

३१ साउन २०८३, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा तीन हजार ६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको जनाएको हाे। छापावाल सुनको मूल्य आइतबार तोलाको तीन लाख ५ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य तोलाको चार हजार ७ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला चार हजार ६ सय ६० रुपैयाँमा काराेबार भएकाे थियाे । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔँस चार हजार ३ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्